Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024
काठमाडौँ, १३ भदौ । एसिया कप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय २२ रनको लक्ष्य ओमानले ३ विकेट गुमाएर ४८ औँ ओभरमा पुरा गरेका हो ।
टस हारेर पहिले ब्याटिङ् गरेको नेपालले ९ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो । नेपालका लागि सागर पुनले ८३, ज्ञानेन्द्र मल्लले ४५ र आरिफ शेखले ३६ रन बनाउन बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । करन केसीको आक्रामक पारीका कारण नेपालले २ सय २१ रनको सम्मानजनक स्कोर बनाएको थियो । उनले १० बलमा अभिजित २६ रन बनाएका थिए ।
ओमानका लागि खाबर अलिले अभिजित ८४ रन बनाए भने जिसन मकसुदले अभिजित ४५ रन बनाएका थिए । पारस खड्काले एक विकेट लिनुबाहेक अन्य बलरलाई कुनै सफलता हात परेन । रोहित पौडेल र सन्दिप लामिछानेले १्१ रन आउट गरेका थिए ।
तपाईको प्रतिक्रिया