Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २२ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २८ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ३ सय ६० जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ३३ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ६ सय २२ जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट ४ लाख १९ हजार ५ सय ७५ जनाको परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा ९ हजार ४ सय ७० जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ६ हजार २ सय ९६ जना व्यक्तिहरु उपचाररत रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म सक्रिय संक्रमितमा प्रदेश १ मा ३ सय ५८, प्रदेश २ मा २ हजार ६ सय ९३, बागमति प्रदेशमा ८ सय ३५, गण्डकी प्रदेशमा २ सय ८०, प्रदेश ५ मा ३ सय ७७, कर्णाली प्रदेशमा २ सय ६३ र सुदुर पश्चिम प्रदेशमा १ हजार ४ सय ९० जना संक्रमित रहेका छन् ।

यसैगरी हालसम्म खोटाङ्ग, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङ गरी ६ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।

यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइससबाट थप ५ जनाको मृत्यु भएको छ ।
सर्लाहीका १, मोरङका २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

तपाईको प्रतिक्रिया