Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २१ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २८ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ३ सय ८१ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ३० जना रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार १ सय ५६ जना पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ३ सय ५९ जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट ४लाख १२ हजार ९ सय ५३ जनाको परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा ९ हजार ९ सय २५ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ६ हजार १ सय ७४ जना व्यक्तिहरु उपचाररत रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म सक्रिय संक्रमितमा प्रदेश १ मा ३ सय १२, प्रदेश २ मा २ हजार ६ सय २२, बागमति प्रदेशमा ७ सय ८५, गण्डकी प्रदेशमा २ सय ७२, प्रदेश ५ मा ३ सय ४०, कर्णाली प्रदेशमा २ सय ९२र सुदुर पश्चिम प्रदेशमा १ हजार ५ सय ५१ जना संक्रमित रहेका छन् ।

यसैगरी हालसम्म खोटाङ्ग, धनकुटा, भोजपुर, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङ गरी ४ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।
यसैबीच, नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षिय पुरुष रहेका छन् । साउन १९ गते झाडापाखालाबाट ग्रस्त किरोशीलाई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनको स्वाव संकलन गरी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको उनले बताए ।

यस्तै, वीरगञ्ज ५ का ४६ का पुरुषको साउन २१ गते अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । केही वर्षदेखि मधुमेहका रोगी ती पुरुष ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । १९ गते स्वाव संकलन गरिएकोमा त्यही दिन कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपनि उनको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

तपाईको प्रतिक्रिया