Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

अनलाइनबिचार समाचार

गौरादह, २० साउन २०७७ । नेपाली काँग्रेस वडा नं -७ काे वडा समितिले गौरादह नगरपालिका वडा नं -७ काे आय ब्याय सार्वजनिक गर्न माग गरेकाे छ।

नेपाली कांग्रेस वडा नं -७ काे वडा समितिका वडाध्यक्ष दिलनाथ कटुवालकाे नेतृत्वमा वडा नं -७ काे वडा कार्यलयमा पुगि वडाध्यक्ष बलराम खरेललाई ज्ञापनपत्र बुझाई आय ब्याय सार्वजनिक गर्न माग गरेका हुन।

जनप्रतिनिधि निर्वाचित भएदेखि आर्थिक बर्ष ०७६/०७७ सम्मकाे गौरादह नगरपालिका वडा नं -७ काे आय ब्याय सार्वजनिक गर्न ज्ञापनपत्रमा उल्लेख गरिएकाे छ। नेपाली काँग्रेस वडा नं -७ काे वडा समितिले ज्ञापन पत्र बझाई वडाध्यक्षकाे ध्यानाकर्षण गराउदै वडा नं -७ काे बार्षिक बजेट,नगर स्तरिय बार्षिक बजेट,आन्तरिक आय, मसलन्द,अतिथि सत्कार खर्च, वडामा भएका बिकाश निर्माण बजेट, सीप मुलक आय आर्जन खर्च, आन्तरिक राजस्व बिबरण सहित हाल सम्मकाे सम्पुर्ण आय ब्याय चुस्त दुरुस्त र पारदर्शी ढंगले वडा बासिहरुलाई सार्वजनिक गर्न माग गरेका छन।

ज्ञापन पत्र बुझ्दै वडाध्यक्ष खरेलले उपभोक्ता समिति मार्फत भएका कामकाे आय ब्याय नगरपालिकाले सार्वजनिक गर्ने र वडाका याेजनाका कामहरुकाे आयब्यायकाे प्रतिबेदन तयार गर्ने कार्य भइरहेकाले चाँडै सार्वजनिक गर्ने तयारी गरिएकाे जानकारी गराए। वडा नं -७ भित्र बसाेबास गर्ने गरिब तथा बिपन्न परिवारलाई बितरण गरिएकाे बाख्रा फिर्ता गरिएपछि बाख्रा खरिद तथा बितरण प्रक्रियामा अनियमितता भएकाे आसंकामा बिकाश निर्माण तथा वडा भित्रका अन्य कार्यमा पनि अनियमितता हुन नदिन खबरदारी गर्दै नेपाली काँग्रेस वडा नं -७ काे वडा समितिले वडाकाे आय ब्याय सार्वजनिक गर्न माग गरेकाे छ। वडा नं -७ भित्र रहेका २२ बिपन्न घर परिवारलाई बाख्रा र ९ घर परिवारलाई बंगुर बितरण गर्न वडाकाे वार्ड सिलिङ बजेटबाट ४ लाख रुपैया बजेट बिनियाेजन गरेकाे थिया।

बाख्रा तथा बंगुर खरिद तथा बितरणका लागि वडा कार्यलयले वडा नं -७ काे महिला संजाल मार्फत बितरण गर्ने निर्णय गरेकाे थियाे। वडा नं -७ काे महिला संजालले अम्बिका बिमली काे संयाेजकत्वमा बाख्रा खरिद तथा बितरण समिति गठन गरेकाे थियाे। समितिबाट निर्णय भई खरिद गरि बितरण गरिएका बाख्रा अनुगमन समितिले मुल्यांकन कम गरेपछि बाख्रा फिर्ता गरिएकाे वडा नं -७ का वडाध्यक्ष बलराम खरेल बताउँछन्।

गरिब तथा बिपन्न परिवारकाे आय आर्जन बढाउने उदेश्यले वडाले बिपन्न परिवारलाई बाख्रा बितरण गरेकाे वडाध्यक्ष खरेलले बताए। पशु सेवा शाखाका अधिकृत सन्ताेस भण्डारीकाे संयाेजकत्वमा अनुगमन समिति गठन गरिएकाे थियाे। समितिले बितरण गरिएका बाख्रा उन्नत जातकाे नभई स्थानीय स्तरकाे भएकाले बाख्राकाे मूल्य घटाएकाे संयाेजक भण्डारीले बताए।

समितिले बाख्रा खरिद गरि बितरण गरेपछि बाख्रा खरिदकाे बढी मूल्य परेकाे प्रतिबेदन नगरपालिकामा बुझाएकाे थियाे।अनुगमन समितिले अनुगमन गरि स्थानीय स्तरकाे बाख्रा बितरण गरिएकाले त्यति मूल्य नपर्ने अनुगमन समितिले नगरपालिकामा प्रतिबेदन बुझाएपछि समितिले थप मूल्य बिहाेर्न नसक्ने भन्दै बाख्रा फिर्ता गरेकाे थियाे।

तपाईको प्रतिक्रिया