Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, २० साउन २०७७ । झापाको गौरादह नगरपालिकामा आज (मंगलबार) गौरादह बजारका व्यवसायी र क्वारेन्टाइनहरुमा बसेका गरि १०३ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

गौरादह बजारमा रहेका व्यवसायीहरुमा औषधि व्यवसायी, मासु व्यवसायी, फलफुल व्यवसायी, होटल व्यवसायी, सैलुन व्यवसायी लगायत जो समुदायमा अत्यधिक मात्रामा घुलमिल गर्ने कार्य गर्दछ त्यस्ता व्यक्तिहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको गौरादह नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले जानकारी दिए ।

स्वाब संकलनका लागि गौरादह बजारका ११ महिला र ४८ पुरुष गरि ५९ जना, ग्वालडुब्बा-७ जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका २३ जना र महारानीझोडाको स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका २१ जना गरि १ सय ३ जनाको थ्रोट र नोजल स्वाब संकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको प्रमुख भट्टराईले बताए ।

लकडाउन खुलेसँगै कोरोना भाइरसको महामारीको जोखिम बढ्दै गएपछी झापाकै विभिन्न स्थानमा लकडाउन पनि हुन थालिसकेकोले संक्रमणको जोखिम बाट बच्न साथै समुदायमा कोरोना संक्रमण नफैलियोस भन्ने हेतुले पनि बजारका व्यवसायीहरुको कोरोना भाइरसको परीक्षण गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया