Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २० साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २८ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप २ सय ५९ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ६५ जना रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार २६ जना पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ६ सय ८७ जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट ४ लाख ६ हजार ५ सय ९४ जनाको परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा १० हजार ४ सय ५२ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ५ हजार ९ सय २५ जना उपचाररत रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म सक्रिय संक्रमितमा प्रदेश १ मा ३ सय ३४, प्रदेश २ मा २ हजार ४ सय २७, बागमति प्रदेशमा ७ सय १६, गण्डकी प्रदेशमा २ सय ६३, प्रदेश ५ मा ३ सय ३५, कर्णाली प्रदेशमा २ सय ९५ र सुदुर पश्चिम प्रदेशमा १ हजार ५ सय ५५ संक्रमित रहेका छन् ।

यसैगरी हालसम्म भोजपुर,संखुवासभा, मनाङ र मुस्ताङ गरी ४ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।
हालसम्म नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

तपाईको प्रतिक्रिया