Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024
झगेन्द्र खड्का, गौरीगंज, १९ साउन । /काेराेना भाइरस संक्रमणका कारण लक डाउन गरिदा इलाका प्रशासन कार्यलय गौरीगंजमा राजस्व संकलन घटेकाे छ। काेराेना भाइरसकाे जाेखिम बढेपछि सेवाग्राहीहरु कार्यलयमा सेवा लिन नआएपछि राजस्व संकलन घटेकाे हाे।
इलाका प्रशासन कार्यलय गौरीगंजमा आर्थिक बर्ष २०७५/०७६ मा ७० लाख १२ हजार ५ सय राजस्व संकलन भएकाेमा आर्थिक बर्ष २०७६/०७७ मा ५६ लाख ३० हजार ३ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ। आर्थिक बर्ष २०७५/०७६ काे तुलनामा आर्थिक बर्ष २०७६/०७७ मा १३ लाख ८२ हजार १ सय ५० रुपैयाँ राजस्व कम संकलन भएकाे हाे।
तुलनात्मक रुपमा १९ .७० प्रतिशत कम राजस्व संकलन भएकाे छ। काेराेना भाइरस संक्रमणका कारण लकडाउन भई कार्यलय बन्द गरिदा त्यसकाे प्रभाब राजस्व संकलनमा परेकाे छ।आर्थिक बर्ष २०७५/०७६ काे तुलनामा आर्थिक बर्ष २०७६/०७७ मा कार्यलयमा सेवा लिन आउने सेवाग्राहीकाे संख्यामा पनि कमी आएको छ। आर्थिक बर्ष ०७६/०७७ मा ६६१ महिला र ६०६ पुरुष सहित १ हजार २ सय ६७ जनाले ईलाका प्रशासन कार्यलय गौरीगंजबाट नयाँ नागरिकता बनाएका छन। बैवाहिक अंगिकृत नागरिकता २७ जनाले बनाएका छन। आ.ब. ०७५/०७६ मा ६८ जनाले बैवाहिक अंगिकृत नागरिकता बनाएका थिए।
आर्थिक बर्ष २०७५/०७६ मा जम्मा ३ हजार ६५ जनाले नयाँ नागरिकता बनाएका थिए। आर्थिक बर्ष ०७६/०७७ मा ३ सय ५३ महिला र ५ सय ८६ पुरुष सहित ९ सय ३९ जनाले नागरिकताकाे प्रतिलिपी बनाएका छन। आ.ब. ०७५/७६ मा १ हजार २ सय ७४ जनाले नागरिकताकाे प्रतिलिपी बनाएका थिए। आ.ब.०७६/०७७ मा १७ महिला र १० पुरुष सहित २७ जनाले नावालक परिचय पत्र बनाएका छन। आ.ब. ०७५/०७६ मा जम्मा ४५ जनाले नाबालक परिचयपत्र बनाएका थिए।
आ.ब. ०७६/०७७ मा कार्यलयबाट १ हजार ५५ जनाले राहादानी बनाएका छन भने २ सय ७५ जनाले राहादानीका लागि द्रुत सेवा लिएका छन। संस्था नबिकरण २४ वटा भएकाे ईलाका प्रशासन कार्यलय गौरीगंजका प्रमुख राजु दहालले जानकारी गराए। आ.ब. ०७५/०७६ मा कार्यलयबाट १ हजार ३ सय १९ जनाले राहादनी बनाएका थिए।
राहादानीका लागि ३ सय ५ जनाले द्रुत सेवा लिएका थिए भने २५ वटा संस्था नबिकरण गरिएकाे कार्यलयले जनाएकाे छ। झापा जिल्लाकाे दक्षिण पश्चिम क्षेत्रका गौरादह नगरपालिका र गौरीगंज गाउँपालिका भित्र बसाेबास गर्ने नागरिकहरुलाई सेवा दिने उदेश्यले संचालन गरिएकाे ईलाका प्रशासन कार्यलय गौरीगंजले नागरिकता प्रमाण पत्र, नाबालक परिचयपत्र,राहादानी, बनाउनुका साथै बजार तथा सिमा अनुगमन गर्ने कार्य भइरहेको ईलाका प्रशासन कार्यलय गौरीगंज प्रमुख दहालले जानकारी गराए छ।

तपाईको प्रतिक्रिया