Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026
काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यले नै दोषी लुकाउन थाले न्याय माग्न कहाँ जाने ? भनेर सरकारलाई प्रश्न गरेका छन् । आइतवार संसदलाई सम्बोधन गर्दै कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा राज्यले नै दोषी जोगाउन निर्दोष नागरिकमाथि कारबाही गरेको आरोप समेत लगाए ।
पूर्वप्रधानमन्त्री देउवाले भने, “कञ्चनपुर घटनाको अनुसन्धानमा भएको ढिलाइले हामी कस्तो राज्य बनाउन गइरहेका छौं भन्ने प्रश्न उब्जिएको छ”, उनले भने, “दोषीलाई जोगाउन स्वयंं राज्य लाग्दछ भने न्याय माग्न कहाँ जाने ?”
अपराधमा संलग्नलाई जोगाउन निर्दोषलाई दोषी किटान गरेर कारबाही गर्नु अपराधको पराकाष्टा भएको सभापति देउवाले बताए । देउवाले राज्यले नै दोषी जोगाउन खोजेपछि न्यायका लागि सर्वसाधारण सडकमा उत्रिनु सामान्य भएको बताए । “राज्यले नै दोषीलाई जोगाउन खोज्दा हजारौं नागरिक सडकमा ओर्लिनु स्वभाविक हो”, देउवाले भने “बालिकाका लागि न्याय माग्दा अर्को बालकले ज्यान गुमाउनुपरेको छ ।”
प्रमुख प्रतिपक्षी दलका नेता देउवाले सरकारले न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकाको लाचार छाया बनाउन खोजेको आरोपसमेत लगाए । प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई संवैधानिक परिषदबाट अनुमोदन गर्ने र संसदीय सुनुवाइ समितिबाट अस्वीकृत गरेर दोहोरो चरित्र देखाएको पनि उनले आरोप लगाए । “न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकाको लाचार छाया बनाउने काम भएको छ”, उनले भने ।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments