Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, १६ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले नेपालभरका २८ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप २ सय २४ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ५१ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ३ सय ९९ जना पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ७ सय ६८ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट ३ लाख ७५ हजार ४ सय १६ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा १२ हजार १ सय ११ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ५ हजार ३ सय १६ जना उपचाररत रहेका छन् । अहिलेसम्म ५ सय ३४ जना व्यक्तिहरु रेडजोनमा परेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितमा प्रदेश १ मा २२२, प्रदेश २ मा २ हजार ३४, बागमति प्रदेशमा ५ सय ७२, गण्डकी प्रदेशमा ३ सय २४, प्रदेश ५ मा ३ सय ८५, कर्णाली प्रदेशमा २ सय ९६ र सुदुर पश्चिम प्रदेशमा १ हजार ४ सय ८३ संक्रमित रहेका छन् ।

यसैगरी हालसम्म भोजपुर,संखुवासभा, रसुवा, काभ्रेपलान्चोक मनाङ र मुस्ताङ गरी ६ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन्

यसैबीच, नेपालमा कोरोना संक्रमणबाट २४ घन्टामा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर निवासी ५६ वर्षीय पुरुष रहेका छन् ।
उनको साउन १५ गते मृत्यु भएको थियो । साउन ६ गते कोरोना पुष्टि भएका उनी मुटु रोगी थिए । उनको आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका १६ निवासी ३५ वर्षीय साउन १५ गते गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको छ ।

पर्सा जिल्ला वीरगन्ज महानगरपालिका २ छपकैया निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । ती पुरुषको साउन १५ गते मृत्यु भएको हो ।
पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ स्थायी घर भइ ललितपुर थसीखेल–५ बस्ने एक ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणले मृत्यु भएको हो । उनी मधुमेह तथा रक्तचापका बिरामी थिइन् । साउन ६ गते पाटन अस्पताल भर्ना भएकी उनको साउन १६ गते मृत्यु भएको हो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको बताए ।

तपाईको प्रतिक्रिया