Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का, गौरादह, १६ साउन ।  कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २१औ सेवा केन्द्रकाे रुपमा गौरादहमा कार्यलय संचालनमा आएकाे छ।

झापाकाे बिर्तामोडमा प्रधान कार्यलय रहेकाे संस्थाले गौरादहमा संचालन गरिने सेवा केन्द्रकाे तत्कालीन झापा क्षेत्र नं -६ का संबिधान सभा सदस्य कार्यक्रमका प्रमुख अतिथि दिपक कार्कीले औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका छन।

संस्थाकाे उद्घाटन गर्दै सभासद कार्कीले गौरादह नगरकाे बिकाश सँगै लघुबित्त संस्था, सहकारी संस्था तथा बैंकहरुकाे संख्यामा समेत उल्लेख्य मात्रामा बृद्वि भई यश क्षेत्रका नागरिकहरुलाई सेवा दिएकाे बताए। कार्यक्रमका बिशेष अतिथि गौरादह नगरपालिकाका मेयर राेहित कुमार शाहले यस क्षेत्रमा संचालनमा रहेका लघुबित्त संस्थाहरुले नागरिकहरुकाे जीवन स्तर उकास्ने कार्यक्रमहरु संचालन गर्न आग्रह गरेका छन।

झापा जिल्ला भित्र कार्यक्षेत्र बनाई संचालनमा आएको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले झापा जिल्ला भित्र २९ वटा सेवाकेन्द्र संचालन गर्न अनुमति लिइसकेको संस्थाका केन्द्रीय कार्यलय प्रबन्धक मनहरी निरौलाले जानकारी गराए। गौरादह नगरपालिकाकाे ग्वालडुब्बा बजारमा बिगत बर्षबाट सेवा केन्द्र संचालनमा आएपनि गौरादह बजारमा २१ औ सेवा केन्द्रकाे रुपमा यस बर्षबाट कार्यलय संचालन गरिएको प्रबन्धक निरौलाले बताए।

गौरादह नगरपालिका भित्र यस सँगै संस्थाले सहित दुई स्थानमा सेवा केन्द्र संचालनमा ल्याएकाे छ।आगामी बर्ष भित्रमा झापा जिल्ला भित्र संस्थाले २९ वटा सेवा केन्द्र संचालनमा ल्याउने लक्ष्य रहेकाे संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति टस बहादुर श्रेष्ठले जानकारी गराए। कुल चुक्ता शेयर पूँजी २८ कराेड ३लाख ५१ हजार ५ सय रहेकाे संस्थामा ३३ हजार ९ सय ५९ शेयर सदस्य रहेका छन। बचत तथा ऋण काराेवार, लघुबित्त सेवा, सदस्य स्वास्थ्य उपचार, बचत कर्ता बिमा सेवा , सामाजिक सुरक्षाका कार्यक्रमहरु लगायतका सेवा संस्थाले दिदै आएकाे संस्थाका अध्यक्ष श्रेष्ठले बताए।

संस्थाकाे उद्घाटन कार्यक्रममा उपमेयर गीता भेट्वाल, नेपाली कांग्रेस गौरादह नगर अध्यक्ष यादब राज सेढाई, राप्रपा गौरादह नगर अध्यक्ष शान्ति राम पौडेल,गौरादह उद्योग बाणिज्य संघ अध्यक्ष जित बहादुर कार्की लगायतले शुभकामना मन्तब्य राखेका थिए।संस्थाकि सदस्य हेमलता भट्टराईले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा संस्थाका सचिब भुपाल बस्नेतले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया