Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, १५ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २८ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप २ सय ७४ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय २७ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ जना पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ३ सय ४ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट ३ लाख ६४ हजार ६ सय ४८ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा १३ हजार २ सय १ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ५ हजार २ सय २७ जना उपचाररत रहेका छन् । हालसम्म ५ सय ३२ जना व्यक्तिहरु रेडजोनमा परेका छन् ।

यसैगरी हालसम्म भोजपुर,संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ५ जिल्ला कोरोना संक्रमण मूक्त भएका छन् ।

यसैबीच, जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त, रहेको गौतमले जानकारी दिए । नेपालमा कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

मृत्यु हुनेमा मोरङको सुनवसी—८ का ४५ वर्षीय पुरुष रहेका छन् । निरन्तर भारत आवजावत गरिरहने ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । अस्पतालको भेन्टिलेटरमा उपचारकै क्रममा उनको निधन भएको हो ।

यस्तै पर्साको वीरगञ्ज—७ का ७० वर्षीय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । मुटु र मधुमेह रोगका विरामी उनी एक निजी अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए । पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ ।

साउन ७ गते कोरोना पुष्टि भएका ती पुरुष मृगौला सम्बन्धी समस्याबाट पीडित थिए । झाडापाखालाको उपचारका लागि विभिन्न निजी अस्पतालमा गएपनि निको नभएपछि नारायणी अस्पताल भर्ना भएका थिए । त्यहाँ आइसीयूमा राखेर उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको प्रवक्ता डा। गौतमले बताए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

तपाईको प्रतिक्रिया