Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024
जनकपुर, १० भदौ । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बैंकमा ताला लगाएका छन् । आइतबार प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै मन्त्री आफैंले राष्ट्र बैंकको कार्यालयमा ताला लगाएका हुन् ।
मन्त्री यादवले भदौं ९ गते प्रदेश सरकारको राजपत्रमा एक सूचना प्रकाशित गर्दै रक्षाबन्धन तथा जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेका थिए । तर सार्वजनिक बिदालाई सङ्घीय सरकार मातहतका रहेका जिल्ला प्रशासन कार्यालय, मालपोत, राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, नापी कार्यालयलगायतका सरकारी कार्यालयले पालना गरेनन् ।
तपाईको प्रतिक्रिया