Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, १४ साउन २०७७ । बुधबार पनि सुनको मूल्य उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोलाको ९८ हजार ५०० रुपैयाँको नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार पनि तोलामा ७०० ले बढेर तोलाको ९८ हजार २०० मा कारोबार भएको थियो ।

यसदिन चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेर तोलाको १२ सय २५ मा कारोबार भएको महासंघले जनाएको छ ।

वर्ष दिनजसोमै सुनको भाउ तोलामा ३६ हजार बराबरले बढेर एक लाखनजिक पुगेको हो ।

मूल्य आकाशिँदा कारोबार प्रभावित भएको व्यवसायीहरुले बताउँदै आएका छन् ।

यतिखेर बजारमा सुन किन्नेभन्दा बेच्नेमात्र बढेकाले समस्या भएको व्यवसायीले बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंन्स १९ सय ७० डलर हाराहारीमा कारोबार भइरहेको थियो ।

तपाईको प्रतिक्रिया