Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १४ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २८ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप २ सय १० जनामा संक्रमण पुष्टि भएको बताए ।
गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ४६ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २१ जना पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ३७ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा १४ हजार ४ सय ७१ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ५ हजार २ सय ३ जना उपचाररत रहेका छन् । हालसम्म ५ सय २२ जना व्यक्तिहरु रेडजोनमा परेका छन् ।

यसैगरी हालसम्म भोजपुर,संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ५ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त, रहेको गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया