Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, १३ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २८ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ३ सय ११ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १सय२१ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ८ सय ७५ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३२ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट ३ लाख ५२ हजार ३ सय ७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा १५ हजार ३ सय ३१ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ५ हजार १ सय ३९जना उपचाररत रहेका छन् । हालसम्म ५ सय २२ जना व्यक्तिहरु रेडजोनमा परेका छन् ।
यसैगरी हालसम्म भोजपुर,संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ५ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त, रहेको गौतमले जानकारी दिए ।

यसैबीच, कोरोनाबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम का अनुसार साउन ९ गते निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको बताए ।
बझाङको बुंगल ३ का ६५ वर्षिय पुरुषको साउन ९ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । उनको घरमै निधन भएको हो । गत असार २४ गते भारतको बैंग्लोरबाट बझाङ आइपुगेका थिए । ती पुरुषमा दमको समस्या थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

तपाईको प्रतिक्रिया