Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १२ साउन २०७७ । नेपालमा २४ घण्टामा देशभरी १३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको बताए ।

यसैगरी पछिल्लो २४ घन्टामा ६२६ जना कोरोना संक्रमित कोरोनामुक्त भएको प्रवक्ता गौतमले बताए । योसँगै हालसम्म निको हुनेहरुको संख्या १३ हजार ७५४ जना पुगेको छ ।
मन्त्रालयका अनुसार थपिएका नयाँ संक्रमितहरुमा सप्तरीका २३, सिरहा ७, धनुषा १०, महोत्तरी १०, पर्सा २०, काभ्रेपलाञ्चोक १, ललितपुर ३, काठमाडौँ ३, कास्की ३, बाँके १, रुपन्देही १, सुर्खेत १, दैलेख २८, सल्यान २, बैतडी ४, धनकुटा १, पाँचथर १, मोरङ १८, सुनसरी १ र झापाका २ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ८ सय १८ जनाको पीसीआर परीक्षण भएको छ । देशभर हाल १६ हजार ३ सय ७१ जना क्वारेन्टिनमा रहेका छन् । ४ हजार ९ सय ५० जना आइसोलेसनमा छन् ।

यस्तै, नेपालमा कोरोना संक्रमणबाट एक भारतीयसहित थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका बस्‍ने ६५ वर्षीय भारतीय नागरिक छ्न् । कोरोना संक्रमणका कारण साउन ११ गते गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी मुटु तथा मधुमेहका रोगी थिए ।

त्यसैगरी धनुषा सहिद नगरपालिका वडा नं ८ डुमरिया निवासी ३६ वर्षीय पुरुषको साउन ११ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भइ उनी साउन १० गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनलाई थप उपचार का लागि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

त्यसका साथै मृत्यु हुनेमा बारा जिल्ला फेटा गाउँपालिकाका ६० वर्षीय पुरुष रहेका छन् । उनको मृत्यु त्रिवि शिक्षण अस्प्तालमा उपचारका क्रममा साउन १२ गते मृत्यु भएको हो । उनी मिर्गौला, मष्तिष्कघात तथा निमोनियाबाट ग्रस्त थिए ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले योसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको बताए ।

तपाईको प्रतिक्रिया