Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झापा, ११ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २८ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप १ सय ३० जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७५ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार १ सय २८ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ३ सय जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा १७ हजार ९ सय ३ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ५ हजार ४ सय ४० जना उपचाररत रहेका छन् । हालसम्म ५ सय ३१जना व्यक्तिहरु रेडजोनमा परेका छन् ।

यसैगरी हालसम्म भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ६ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त, रहेको गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया