Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024
गौरादह, १० भदौ । लायन्स क्लब अफ गौरादह झापाले स्वस्थ्य सम्बन्धि सचेतनामुलक एक औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । क्लबले सामाजिक संजाल मार्फत सन्चालन गरेको ३६५ दिने मधुमेह रोग सम्बन्धि सचेतना अभियान, प्रभातफेरी कार्यक्रम सहित आज सम्पन्न गरेको हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

अभियानको समापन कार्यक्रमको अवसरमा गौरादहको डिपु चौक देखि सुरुभएको प्रभातफेरी ¥यालीले बजार परिक्रमा गरेको थियो । सो ¥यालीमा गौरादह क्षेत्रका सामुदायीक र संस्थागत विद्यालयका विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य सम्बन्धि शन्देशमूलक प्लेकार्ड, ब्यानर सहित जुनियर रेडक्रस, बाल क्लब, जेसिज, प्रहरी र स्थानीयबासीहरु समेतको उल्लेख्य उपस्थिति रहेको थियो ।
लायन्स क्लब अफ गौरादहले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिन अपनाउनु पर्ने सावधानी, मधुमेह रोग लागेका व्यक्तिहरुलाई रोकथामको उपाय , नियमित जाँच, शारिरीक अभ्यास, खानपान र जिवनशैलिका बारेमा एक बर्ष देखि निरन्तर सचेतना कार्यक्रम बिभिन्न माध्यमबाट सन्चालन गर्दै रहेको क्लबका संस्थापक अध्यक्ष डा. तिलक खनालले बताए ।
सो कार्यक्रमको अवसर पारेर क्लबले मधुमेह रोगको निःशल्क रगत परिक्षण शिबिर समेत संचालन गरेको थियो । परिक्षणमा ५६ महिला सहित ११७ जनाले सेवा प्राप्त गरेका थिए ।
लायन्स क्लब अफ गौरादहका प्रेसिडेन्ट भुपालराज कटवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाह प्रमुख अतिथि रहेका थिए । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ ए.वानका एम्बासडर अफ गर्भनर तथा आयोजक क्लबका संस्थापक अध्यक्ष डा.तिलक खनाल, वडा नं.१ र २ का वडा अध्यक्ष नगेन्द्र भण्डारी र हेमन्त कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लबका सेक्रेटरि गोपाल कोइरालाले सो कार्यक्रमको सन्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया