Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का
गौरादह, १० साउन २०७७ । शुभलक्ष्मी सहकारी संस्थाले गौरादह बजारमा संचालन गरेको पसलको व्यवसाय प्रबर्द्धन गर्दै ग्राहकहरुलाई आकर्षण गर्न संचालन गरेको चिट्ठा कार्यक्रम शनिबार खोलिएको छ।

शुभलक्ष्मी सहकारी संस्थाको सभाहलमा संचालन गरिएको चिट्ठा कार्यक्रममा सान्त्वना सहित २३ जनाले पुरस्कार हात पारेका छन्। शुभलक्ष्मी सहकारी पसलमा २०७६ साल बैशाख ८ गते देखि २०७७ साल बैशाख ५ गते सम्म १ हजार रुपैयाँ सम्मको सामान खरिद गर्ने ग्राहक महानुभावहरुलाई संस्थाले १ थान लक्की ड्र कुपन उपलब्ध गराएको संस्थाका ब्यबस्थापक तिलक कार्कीले जानकारी गराए। गत वर्षमा संस्थाको पसलमा १ हजार रुपैयाँ भन्दाको बढी सामान खरिद गर्ने ५ हजार ५ सय जना चिट्ठा कार्यक्रममा सहभागी हुन पाएको चिट्ठा कार्यक्रमका सदस्य यादब अधिकारीले जानकारी गराए।

चिट्ठा कार्यक्रममा ५ हजार ५ सय मध्ये २३ जनाले चिट्ठा मार्फत पुरस्कार पाएका छन। चिट्ठा कार्यक्रमबाट २० जनाले सान्त्वना पुरस्कार स्वरुप १ हजार ५ सय बराबरको घरायसी सामान, प्रथम पुरस्कार ३२ इन्चको स्मार्ट टि.भि. दोस्रो पुरस्कार १ सय ९० लिटरको फ्रिज र तेस्रो पुरस्कार भ्याकुम क्लिनर उपहार स्वरुप संस्थाले उपलब्ध गराएको चिट्ठा कार्यक्रमका सदस्य गोपाल कोईरालाले जानकारी गराए।चिठ्ठा कार्यक्रमबाट गौरादह-४ कि अपेक्षा पौडेलले प्रथम पुरस्कार, गौरादह-४ का शम्भु श्रेष्ठले दोस्रो पुरस्कार र गौरादह-१ का टंक अधिकारीले तेस्रो पुरस्कार पाएका छन।

संस्थाले बिगत बर्षका स्थापना दिवसको अवसरमा रक्तदान, सरसफाइ, समाजिक कार्य र उत्कृष्ट काम गर्ने ब्याक्तीहरुलाई पुरस्कृत गर्दै आएकोमा २२ औ स्थापना दिवसको अवसरमा चिठ्ठा कार्यक्रम संचालन गरि संस्थाको पसलमा बढी सामान खरिद गर्न ब्याक्तीहरुलाई चिट्ठा मर्मत पुरस्कृत गरेको छ। बै

शाख-६ गते संचालन गरिने संस्थाको बार्षिक उत्सव कार्यक्रम यस बर्ष कोरोना भाइरस संक्रमणका कारण लकडाउन भएपछि रोकिएको थियो।परिस्थिति केही सहज भएकाले सामाजिक दुरी कायम गरि संस्थाका पदाधिकारी, कर्मचारी, बुद्धिजीवी र पत्रकारहरुको रोहवरमा चिट्ठा कार्यक्रम सम्पन्न गरेको छ।संस्थाका अध्यक्ष प्रकाश कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष दिलिप भण्डारीले स्वागत मन्तब्य राखेका थिए।संस्थाका सचिब तथा चिट्ठा कार्यक्रमका संयोजक हेम चन्द्र घिमिरे (राजु) ले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया