Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, ९ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २८ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप १ सय ३३ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ७ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ पुुगेको छ ।

जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा काठमाडौं १०, कास्की ५, लमजुङ ३, बागलुङ १, तनहुँ १, बाँके २, बर्दिया २, दाङ ४,नवलपरासी पूर्व ४, रुपन्देही ४, जाजरकोट १, कालीकोट २, दैलेख ८, कैलाली ८, धनकुटा १, सुनसरी ५, झापा २५, मोरङ २, सप्तरी ७, बारा १, सर्लाही २, पर्सा ३०, धनुषा १,पर्सा १, चितवन २ र उदयपुरका १ छन् ।

यस्तै, गत २४ घण्टामा पीसीआर ३ हजार ९ सय ८७ परीक्षण भएका छन् भने हालसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख ३५ हजार ८२ परीक्षणहरु गरिएका छन् ।
यस्तै, क्वारेन्टाइनमा रहनेको संख्या १९ हजार ४ सय ४४ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या ५ हजार ३ सय ८३ जना रहेको छ ।
यसैगरी हालसम्म भोजपुर, पाँचथर,संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ६ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त, रहेको गौतमले जानकारी दिए ।
यसैगरी कोरोना का कारण थप एकजनाको मृत्यु भएको छ ।

प्रवक्ता गौतमले कोरोनाबाट थप १ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार पर्सा वीरगन्ज महानगरपालिका ११ श्रीपुर रानीघाटका ८५ वर्षीय महिलाको शुक्रबार बिहान नारायणी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी मुटुसम्बन्धी बिरामी र निमोनियाबाट ग्रसित थिइन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

तपाईको प्रतिक्रिया