Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

के हो बेरुजु भनेको ?

गौरादह, ८ साउन २०७७ । गौरादह नगरपालिकाको बेरुजु रकम ७ करोड ७२ लाख १२ हजार देखिएको छ । महालेखा परिक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५७ औं वार्षिक प्रतिवेदन २०७७ अनुसार गौरादह नगरपालिकाले बेरुजु रकममा दुईवटा रेकर्ड कायम गरेको छ ।

देशको कुल बेरुजु रकम ४ दशमलव ०४ प्रतिशत रहेकोमा गौरादह नगरपालिकाको बेरुजु रकम भने ५ दशमलव २० प्रतिशत रहेको छ । त्यसैगरी गौरादह नगरपालिकाले कायम गरेको अर्को रेकर्ड १५ वटा स्थानिय तह रहेको झापामा गौरादह नगरपालिकामा सबै भन्दा बढी बेरूजु देखिएको छ ।

गौरादहको कुल लेखा परिक्षण रकम रु १ अर्ब ४८ करोड ४८ लाख ५४ हजार रुपैयाको ५.२० प्रतिशत रकम अर्थात ७ करोड ७२ लाख १२ हजार रूपैयाँ बेरुजु देखिएको छ ।

केहो बेरुजु भनेको ?

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ अनुसार कानुन बमोजिम रित नपुर्याई कारोवार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोवार गरेको साथै राख्नुपर्ने लेखा नराखेको तथा अपारदर्शी कारोवार गरेको भनी लेखा परीक्षण गर्दा औंल्याइएको वा ठहर्याएको कारोवार सम्झनु पर्छ । अर्थात रुजु गर्दा नमिलेको कारोवार नै बेरुजु हो ।

महालेखा परिक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार प्रदेश १ मा सबैभन्दा कम बेरूजु झापाको मेची नगरपालिकामा छ । मेची नगरपालिकाको बेरूजु प्रतिशत शून्य दशमलव ०३ प्रतिशत मात्र छ ।
मेचीनगरको कुल रकम रु २ अर्ब ६४ करोड ३१ लाख २ हजार रुपैयाको ०.०३ प्रतिशत रकम अर्थात ८ लाख ९३ हजार रुपैंया मात्र बेरुजु देखिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

झापाका अन्य १५ वटा स्थानिय तहहरू कन्काईको शून्य दशमलव १७ प्रतिशत, गौरीगंज गाउँपालिकाको २ दशमलव ०९ प्रतिशत, अर्जुनधाराको शून्य दशमलव ६० प्रतिशत, कचनकबलको शुन्य दशमलव ४७ दशमलव, बाह्रदशीको शून्य दशमलव ९३ प्रतिशत रहेको छ ।

त्यसैगरी भद्रपुर नगरपालिकाको २ दशमलव २१ प्रतिशत, शिवसताक्षी नगरपालिकाको १ दशमलव ५ प्रतिशत, विर्तामोड नगरपालिकाको १ दशमलव ५३ प्रतिशत, कमल गाउँपालिकाको १ दशमलव ०९ प्रतिशत, बुद्वशान्ति गाउँपालिकामा १ दशमलव ३६ प्रतिशत, हल्दि गाउँपालिका गाउँपालिकामा १ दशमलव ०५ प्रतिशत, दमक नगरपालिकामा १ दशमलव ५० प्रतिशत, झापा गाउँपालिकामा १ दशमलव १६ प्रतिशत वेरूजु देखिएको छ ।

तपाईको प्रतिक्रिया