Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024
काठमाडौं, ७ भदौ । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । संवैधानिक परिषदको बिहिबार बसेको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश मिश्रलाईं प्रधान्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका सदस्य एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । सो सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरे राष्ट्रपति विद्या भण्डारीले मिश्रलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
तपाईको प्रतिक्रिया