Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024
काठमाडौं, ७ भदौ,–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालतको आदेशले बिहीबार रिहा भएसँगै पुनः तेस्रो पटक पक्राउ परेका छन् । प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको हो ।
चन्दा आतंक मच्चाएको भन्दै साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई गत भदौ १ गते पनि सर्वोच्चले छाड्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका प्रकाण्डलाई सर्वोच्च अदालत परिसरबाट दोस्रोपटक पक्राउ गरेको थियो ।
प्रकाण्डलाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्चको रजिष्ट्रारको रोहबरमा बिहीबार अर्थात आज छाड्न आदेश दिएको थियो । सर्वोच्चको आदेशले छुट्नासाथ प्रकाण्डालाई पुनः तेस्रोपटक पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिए ।
‘पक्राउ गरेर प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालय, भोजपुर पठाएका छौं,’ डिएसपी थापाले भने, ‘भोजपुरमा उहाँको नाममा ज्यान मार्ने उद्योग र बम बिस्फोट गराएको मुद्दा दर्ता भएको छ ।’
तपाईको प्रतिक्रिया