Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ४ साउन २०७७ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको परीक्षामा २६ व्यक्ति लिखित परीक्षामा नाम निकाल्न सफल भएका जनाएको छ । आयोगले आज जिल्ला न्यायाधीशमा नाम निकाल्न सफल व्यक्तिको नामावली सार्वजनिक गरेको हो । जिल्ला न्यायाधीशको २९ पदमा ४५ जना नाम निकाल्न सफल भएका छन् ।

आयोगले जिल्ला न्यायाधीशका लागि आन्तरिक खुलाका लागि १४, खुला नौ, महिला एक, आदिवासी जनजाति दुई, मधेशी दुई, अपाङ्ग एक र पिछडिएका क्षेत्रका लागि एक जनाको विज्ञापन गरेको थियो । आन्तरिक खुलामा १६, खुलामा २६, मधेशी दुई र अपाङ्गमा एक जनाले लिखित परीक्षामा नाम निकालेका छन् ।

जिल्ला न्यायाधीशको परीक्षामा महिला, आदिवासी जनजाति र पिछडिएका क्षेत्रमा नाम निकाल्न नसकेकी कोटा खाली रहेको र मधेशी दुई कोटामा एक जनाले मात्र नाम निकालेका छन् ।रासस

तपाईको प्रतिक्रिया