Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024
काठमाडौं, ७ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल भ्रमणमा आउँदैछ । यसपटक मोदी विमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आउँदैछन् । विमस्टेकमा भाग लिन आएपनि उनले काठमाडौं बसाईमा यहाँका उच्चस्तरीय राजनीतिक व्यक्तित्व्हरुसँग भेटवार्ता गर्नेछन् ।
मोदीको भ्रमणलाई सफल बनाउनको लागि नेपालस्थित् भारतीय दुतावासपनि अहिले सक्रिय भैरहेको छ । राजदुत मञ्जिवसिंह पुरी पनि व्यापक तयारीमा जुटेका छन् । उनले नेपाल सरकारका विभिन्न प्रतिनिधिहरुसँग लगातार भेटवार्ता गरिरहेका छन् ।भारतमा अबको ६र७ महिनापछि लोकसभाको चुनाव हुँदैछ । मोदीले नेपाल र नेपालीहरुको मन जित्ने तयारी गरेको स्रोतको दाबी छ । सुरुदेखि नै मोदीले नेपालसँग प्रगाढ र सुमधुर सम्बन्ध बनाउँदै आएका छन् । मोदीको नेपालप्रति विशेष लगाव छ । उनले भारत र नेपालबीचको द्धिपक्षीय सम्बन्धलाई सुमधुरमात्रै बनाएका छैनन् । द्धिपक्षीय सम्बन्धलाई राजनीतिक रुपमा समेत उच्च प्राथमिकताका साथ अघि बढाएका छन् ।
विगतमा कर्मचारीतन्त्रबाट चलेको नेपाल–भारत सम्बन्ध अहिले भने राजनीतिक तहमै अघि बढेको छ । विगत १७ वर्षदेखि भारतीय उच्च तहबाट नभएको राजनीतिक भ्रमण मोदीले आफू प्रधानमन्त्री भएसँगै नेपाल भ्रमण गरेर नयाँ परम्पराको थालनी गरे । त्यसपछि उनी लगातार तीन पटक नेपाल भ्रमणमा आएका छन् । यसपटक मोदीले लुम्बिनी र पोखराको पनि भ्रमण गर्ने भनिएको थियो । तर, समय अभावका कारण मोदीको लुम्बिनी र पोखरा भ्रमण हुने वा नहुनेभन्नबारे अन्यौलमा परेको छ । भ्रमणको कार्यतालिका गोप्य राखिएको छ। तर, उच्च स्रोतले दिएको जानकारी अनुसार उनले यसपटक नसोचेको कामहरु गर्दैछन् नेपाल र भारतबीच ।
विगतमा भएका समझदारीहरुको कार्यान्वयन गर्न यसपटक मोदीले आफ्ना समकक्षी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष सम्वाद गर्ने पनि बुझिएको छ । मोदी नेपालको विकास र समृद्धिप्रति अत्यन्तै गम्भिर छन् ।
तपाईको प्रतिक्रिया