Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ३ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले नेपालभरका २७ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ५७ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ३ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ पुुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ३ सय ३१ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट ३ लाख ११ हजार ८ सय २९ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा २३ हजार २ सय ७५ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ५ हजार ८ सय २५ जना उपचाररत रहेका छन् । हालसम्म ५ सय २७ व्यक्तिहरु रेडजोनमा परेका छन् ।

आज संक्रमित पुष्टी हुनेमा मोरङका ९,इलाम,झापा,नुवाकोट,बाग्लुङ,पर्वत,सल्यान,बारा र कञ्चनपुरका १र१, तेह्रथुम,सर्लाही,गुल्मी,पाल्पा,डडेलधुरा र बझाङ २र२, दैलेखका ५, रुकुम पश्चिमका ३, डोटीका ७ र कैलालीका १३ जना रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोनाभाइरसबाट ४० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया