Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, २ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २७ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप १ सय १ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ८५ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ५सय ३४ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ६सय ८८ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट ३ लाख ८ हजार ४ सय ९८ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ८ सय १५ , प्रदेश २ मा ४ हजार ४ सय ८०, बागमती प्रदेशमा ८ सय ५१, गण्डकी प्रदेशमा १ हजार ३ सय ५७, प्रदेश ५ मा ४ हजार १ सय ३५, कर्णाली प्रदेशमा १ हजार ८सय ४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा २२ हजार ७ सय ५६जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ५ हजार ८ सय ७१जना उपचाररत रहेका छन् । हालसम्म ५ सय २७ व्यक्तिहरु रेडजोनमा परेका छन् ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीको राजविराज नगरपालिकाका ७३ वर्षीय वृद्ध भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

तपाईको प्रतिक्रिया