Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २७ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप १ सय ६७ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय १३ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २सय ४९ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९सय ८१ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट ३ लाख ३ हजार ८ सय १० जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा २३ हजार ५ सय जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ६ हजार ५६ जना उपचाररत रहेका छन् । हालसम्म ५ सय २६ व्यक्तिहरु रेडजोनमा परेका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ नै रहेको छ ।

तपाईको प्रतिक्रिया