Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ३१ असार २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २६ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप १ सय १६ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ६ सय ९७ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ९० जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट २ लाख ९८ हजार ८ सय २९ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ७ सय ७८ , प्रदेश २ मा ४ हजार ४ सय १६, बागमती प्रदेशमा ८ सय ३९, गण्डकी प्रदेशमा १ हजार ३ सय५, प्रदेश ४ मा ३ हजार ९३, कर्णाली प्रदेशमा १ हजार ७ सय ८७ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ९ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा २४ हजार ५ सय २७ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ६ हजार १ सय १३ जना उपचाररत रहेका छन् । हालसम्म ५ सय २६ व्यक्तिहरु रेडजोनमा परेका छन् ।

यस्तै, नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले मृत्युको औपचारिक रुपमा पुष्टि गरेका हुन् । उनका अनुसार रौतहटका परवा नगरपालिका वडा ७ का ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

प्रवक्ता डा. गौतमले उनको मृत्यु नारायणी अस्पताल वीरगन्जमा आईसीयूमा उपचारका क्रममा बुधबार २स्३० मा मृत्यु भएको जनाए । बुधबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

तपाईको प्रतिक्रिया