Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024
गौरादह, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले विरोध गर्दैमा वर्तमान सरकार नहल्लीने बताएका छन् ।
झापाको गौरादह नगरपालीकाले आयोजना गरेको नागरीक अभिनन्दन कार्यक्रमलाई गौरादहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्पष्ट भिजन भएको बहुमतको सरकार भएकाले नेपाली नागरीकहरुको जीवन स्तर उकास्ने र सुशासनको बाटोमा मुलुकलाई हिँडाउदै सम्बृद्ध नेपाल बनाउने लक्ष्य रहेकाले सरकार कति पनि विचल्ली नहुने बताएका हुन् ।
यस अघि अल्पमत को सरकार रहँदा बाँकी रहेका अधुरा कामलाई पुरा गर्ने जिम्मा नेपाली जनताले नेपाल कम्युनीष्ट पार्टीलाई दिएकाले अब विकास निर्माणको काम तिव्र गतिमा अगाडि बढ्ने उनको जोड थियो ।
लोकतन्त्र सुदृढका लागि संविधानले दिएको अधिकार प्रयोग गरि सरकारले काम गर्न शुरु गरिसकेकाले नागरीकहरुलाई वाहियात हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । नेपाली नागरीकलाई मतभेदका आधारमा दुख नदिने बताउँदै शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार नखोसिने बताए ।
राष्ट्रसेवक कर्मचारीहरु प्रति इंगित गर्दै नागरीकको काममा ढिला सुस्ती नगरी समयमै काम सम्पन्न गरि पठाउन र सुशासन शान्ति मुलुक र भ्रष्टाचार रहित मुलुकको निर्माणमा सहयोग गर्न अनुरोध गरेका छन्।
मुलुक भित्र रहेका गरिब, विपन्न परिवारहरुको जिवनस्तर उकास्न सरकार कटिबद्ध रहेकाले सबै बालबालिकालाई विद्यालय पठाउने वातावरण तयार गर्दै व्यवसायिक र प्राविधिक शिक्षा सन्चालन गरि बेरोजगार को अन्त्य गर्ने सरकारको लक्ष्य रहेको बताए।
प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले प्रदेश नंंं. १ ले चाँडै विकास निर्माण को गति लिइसकेकाले सबैको सहयोगको आवश्यकता रहेको बताए । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश नं. १ ले विकाश निर्माणको काम चाँडो भन्दा चाँडो पाउने र विकास निर्माण एकै चोटि सबै तिर सम्भव नभएको र क्रमश गरिने भएकाले नागरीकहरुलाई केहि समय प्रतिक्षा गर्न आग्रह गरेका छन्।
त्यस अवसरमा झापा क्षेत्र नं. ५ बाट निर्वाचित भई प्रधानमन्त्री बनेका केपी शर्मा ओली र प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीलाई नागरीक अभिनन्दन गरिएको थियो ।
गौरादह नगरपालीकाका मेयर तथा कार्यक्रमका सभापति रोहीत कुमार शाहले नगरपालीकाले तयार गरेको अभिनन्दन पत्र वाचन गरी प्रधानमन्त्रिलाई हस्तान्तरण गरेका थिए।
त्यसैगरी उपमेयर गीता भेट्वालले सम्मान पत्र वाचन गरि आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीलाई हस्तान्तरण गरेकी थिइन्।
गौरादह नगरपालिका भित्रका आदीवासीहरुले तयार गरेको झल्ला मायाको चिनो स्वरुप उपहार दिँदै दोसल्ला ओढाईएको थियो।
गौरादह नगरपालीका भित्र रहेका समस्याहरुको समाधान गर्न मेयर शाह र गौरीगंज क्षेत्रको समस्याहरुलाई अवगत गराउँदै बाबुराजा श्रेष्ठले महारानी झोडाको समस्याहरुलाई अवगत गराउँदै वडा नं. ४ का वडाध्यक्ष मणिन्द्र कार्की र गौरीगंज क्याम्पसका क्याम्पस प्रमुख सर्वतलाल राजवंशी ले ज्ञापन पत्र बुझाएका थिए।
हुकुमसिं नेपालीले स्वागत मन्तव्य राखेको कार्यक्रममा योगराज दाहाल ले कार्यक्रम सन्चालन गरेका थिए।
तपाईको प्रतिक्रिया