Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

शान्ति सुब्बा
गौरादह, २७ असार २०७७ । झापाको गौरादहमा ५ जना संक्रमित कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालको आइसोलेसनमा रहेका ४ जना र पूर्वाञ्चल विश्व विद्यालय गोठगाउँ सुन्दर हरैंचा मोरङको कोभिड अस्पतालको आइसोलेसनमा रहेका १ जना गरि ५ जना कोरोना संक्रमित शुक्रबार (हिंजो) डिस्चार्ज भएका छन् ।

असार १७ गते गौरादह नगरपालिका-७ ग्वालडुब्बाको जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेकाहरु मध्ये ६ जनामा र प्रगति मा.वि को क्वारेन्टाइनमा बसेका मध्ये १ जना गरि ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो ।
संक्रमण पुष्टी भएपछि अस्पताल पठाइएका उनिहरु मध्ये ५ जनाको शुक्रबार पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए । डिस्चार्ज हुनेमा गौरादह नगरपालिका-६ का भारतबाट आएका एकै परिवारका २७ वर्षीय महिला, ९ वर्षीय बालिका र ४ वर्षका एक बालक रहेका छन् । उनिहरु आमा, छोरा र छोरीको सम्बन्ध रहेको जनाइएको छ । यस्तै, ओमनबाट आएका वडा नं.७ का ४७ वर्षका एक पुरुष र कुवेतबाट आएकी वडा नं.१ कि ३३ वर्षीय महिला रहेका छन् ।

हालसम्म गौरादहमा ५ जना महिला र ७ पुरुष गरि १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ती मध्ये, ४ महिला र ५ पुरुष गरि ९ जना डिस्चार्ज भएका छन् । हाल ३ जना मध्ये, भारतबाट आएका गौरादह-६ का ३२ वर्षका पुरुष, र गौरादह-८ का ४४ वर्षका पुरुष पूर्वाञ्चल विश्व विद्यालय गोठगाउँ सुन्दर हरैंचा मोरङको कोभिड अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् भने, असार २२ गते संक्रमण पुष्टी भएकी गौरादह-१ पेट्रोल पम्प नजिक घर भएकी ६७ वर्षीय वृद्ध महिला भने, काठ्माडौंको सशस्त्र प्रहरीको कोभिड अस्पतालको आइसोलेसनमा उपचाररत रहनु भएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी
दिए ।

यस्तै, यो समाचार तयार पार्दा सम्म गौरादह नगरपालिकामा रहेको ६ वटा क्वारेन्टाइन मध्ये, जनता मा.वि मा रहेको क्वारेन्टाइनमा १७ जना, गौरादह कृषि क्याम्पसमा रहेको क्वारेन्टाइनमा २४ जना, गौरादह नगरपालिका-७ ग्वालडुब्बाको जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा ९ जना, गौरादह-५ स्कुलचौन मा.वि मा रहेको क्वारेन्टाइनमा ३४ जना गरि ८४ जना व्यक्तिहरु क्वारेन्टाइनमा बसेका श्रेष्ठले बताएका छन् । हाल गौरादह-८ प्रगति मा.वि मा रहेको क्वारेन्टाइन र गौरादह-९ बैगुन्धुराको अमर मा.वि मा रहेको क्वारेन्टाइनमा कोहि पनि व्यक्ति नरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया