Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

शान्ति सुब्बा
गौरादह, २६ असार २०७७ । झापाको गौरादह नगरपालिकामा कोरोना संक्रमण पुष्टी भएकी एक वृद्ध महिलाको परिवार सहित सम्पर्कमा आएका सबैको पीसीआर परीक्षण नेगेटिभ आएको छ । गौरादह नगरपालिका-१ को नवदुर्गा पेट्रोल पम्प नजिक घर भएकी ६७ वर्षीय संक्रमित वृद्ध महिलाको परिवारका सदस्य, छिमेकी र सम्पर्कमा आएका व्यापारीहरु गरि १ सय १ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

उपचारका लागि असार १८ गते काठ्माडौं गएको बेला पाटन हस्पिटलमा पीसीआर परीक्षण गर्दा असार २२ गते ति वृद्ध महिलामा कोरोना पोजेटिभ पुष्टी भएको थियो ।
ति वृद्ध महिलाको कन्टयाक्ट ट्रेसीङका आधारमा मंगलबार गौरादह नगरपालिका र दमक अस्पतालबाट आएका चिकित्ससहितको टोलीले १ सय १ जनाको स्वाब संकलन गरेको थियो । जसमध्ये वडा नं. १, २ र ३ का १ सय १ जनाको थ्रोट र नोजल स्वाब संंकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएकोे गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

स्वाब संकलन गरिएका मध्ये ६० पुरुष र ४१ महिला रहेका छन् । जसमा ४ महिनाको बालक देखि ६९ वर्षीय उमेर समूहका पुरुष रहेका छन् भने, ६ वर्ष की बालिका देखि ५२ वर्षीय उमेर समूहका महिलाहरुको समूह रहेका छन् । गौरादह नगरपालिका १ को नवदुर्गा पेट्रोल पम्म नजिक घर भएकी ६७ वर्षीय वृद्ध महिलामा संक्रमण पुष्टी भएपछि समुदायमा कोरोना फैलन सक्ने त्रासले संक्रमित का सम्पर्कमा आएका आफन्त, छिमेकी लगायतको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको थियो ।

यस्तै, ति संक्रमित वृद्ध महिलामा कोरोना पोजेटिभ भेटिएपछि संक्रमण देखिएको क्षेत्र र बजार लकडाउन गरिएको थियो । शुक्रबार (आज)१ सय १ जनाको पीसीआर रिपोर्ट नेगटिभ आएपछि, गौरादह नगरपालिकाले सूचना जारी गर्दै असार २२ गतेबाट जारी गरेको लकडाउन आजकै मितिबाट सामाजिक दुरी कायम गरि, भिडभाड नगरी र अनिवार्य मास्कको प्रयोग गरि नियमित रुपमा व्यवसाय, कार्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया