Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २५ असार २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालभरका २५ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप १ सय ८ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ३९ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ८ सय ९१ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ५ सय ८८ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट २ लाख ७१ हजार १ सय ४५ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा २४ हजार ४ सय २५जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ८ हजार ६ सय ५ जना उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया