Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २४ असार २०७७ । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । अनुगमनका क्रममा दुई औषधि न्यून गुणस्तरको पाइएको उल्लेख गर्दै बजारबाट बिक्री वितरणमा रोक्का गरी तुरुन्त फिर्ता गर्न विभागले सूचना जारी गरेको छ ।

बुधबार एक सूचना प्रकाशित गरी विभागले मेट्रो ४०० एमजी(मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) नामक औषधिहरुको बिक्री वितरण रोक लगाएको हो ।

विभागले यी औषधिहरु बिक्री वितरणका साथै सिफारिस तथा प्रयोग नगर्नरनगराउन अनुरोध गरेको छ । यी दुवै औषधिहरु लोमस फर्मास्युटिकल्स प्रालिका उत्पादनहरु हुन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया