Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २४ असार २०७७ । नेकपा स्थायी समिति बैठक पुनः स्थगित भएको छ । अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्नेछ ।

सोमबार बस्ने भनिएको बैठक विवादित विषयमा सहमति जुट्न नसकेपछि आज (बुधबार) बस्न लागेको बैठक स्थगित भएको हो । वैठक २६ गते शुक्रवारका लागि सरेको छ । पछिल्लो समय शीर्ष नेतृत्वबीचको विवादको असर पार्टी र सरकार सञ्चालन पनि परेको छ ।

विवाद समाधानका लगि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’वीच निरन्तर छलफल चलिरहेको छ । अध्यक्षद्धयवीच आजपनि छलफल हुने बताइएको छ । यसअघि हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीचको छलफललाई जारी राख्ने सहमति भएको थियो ।

स्थायी समितिका बहुमत सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् भने ओलीले आफुले अहिले कुनै पदबाट पनि राजीनामा नदिने अडान राख्दै आउनुभएको छ । प्रधानमन्त्री ओलीसँग कुरा नमिलेपछि दाहालले हिजो वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर छलफल गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया