Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २३ असार २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २ सय ४ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ६ सय ८८ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ४ सय ९९ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार १ सय ३३ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट २ लाख ६१ हजार ८ सय ६१ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा २५ हजार ७ सय २७ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ८ हजार ६ सय ३४ जना उपचाररत रहेका छन् ।

यसैबीच, प्रदेश १ का तीन जिल्लासहित नेपालका ४ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार प्रदेश १ तीन र कर्णाली प्रदेशका १ जिल्ला कोरोना संक्रमण मुक्त भएका हुन ।

प्रदेश १ को तेह्रथुम, भोजपुर, सोलुखुम्बु र कर्णाली प्रदेशको हुम्ला जिल्ला कोरोना संक्रमण मुक्त भएका हो । प्रदेश १ को भोजपुरमा ६ जना, सोलुखुम्बुमा १ जना र तेह्रथुमका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै डिस्चार्ज भइसकेका छन ।
नेपालका ७७ मध्ये मंगलबारबाट ४ जिल्ला कोरोना मुक्त बनेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए ।

तपाईको प्रतिक्रिया