Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

शान्ति सुब्बा
गौरादह, २३ असार २०७७ । झापाको गौरादह नगरपालिकामा एक वृद्ध महिलामा कोरोना पोजेटिभ पुष्टी भएपछि उनको परिवार, सम्पर्कमा आएका आफन्त र संक्रमित परीवारको सदस्यसँग सम्पर्कमा आएका छरछिमेकी लगायत सम्पूर्णको पीसीआर परीक्षणका लागि स्वाब संकलनको प्रकृया सकिएको छ ।

गौरादह नगरपालिका-१ को नवदुर्गा पेट्रोल पम्प नजिक घर भएकी ६७ वर्षीय वृद्ध महिलाको ६९ वर्षीय श्रीमान, छोरी, नाति नातिनि बिरामीको रेखदेखमा खटिएका आफन्त संक्रमितको सम्पर्कमा आएका छरछिमेकी लगायत सबैको गरि १ सय १ जनाको थ्रोट र नोजल स्वाब संंकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोेविन्द श्रेष्ठले जानकारी दिएका छन् । उनिहरुको पीसीआर परीक्षणको रिपोर्ट आउन ४ दिन लाग्ने श्रेष्ठले बताएका छन् ।

ति वृद्ध महिलामा माघ फागुन बाट नै घाँटीको समस्या आएकोले उपचारको लागि दमक नै धेरै पटक गएको उनका श्रीमानले जानकारी दिएका छन् । उपचारका लागि असार १८ गते काठ्माडौं गएको बेला पाटन हस्पिटलमा पीसीआर परीक्षण गर्दा हिंजो कोरोना पोजेटिभ पुष्टी भएको पाइएको हो ।

ति संक्रमित वृद्ध महिलामा कसरी कोरोना संक्रमण देखियो अझै थाहा हुन सकेको छैन । संक्रमित वृद्ध महिलाको तत्कालको ट्राभल हिस्ट्री हेर्दा दमक, बिर्तामोड र काठ्माडौं रहेको छ ।

उपचारका लागि असार ११ गते बिर्तामोडको बी एण्ड सी हस्पिटलमा गएको र त्यहाँबाट पूनः बिर्तामोडकै निलकण्ठ डाइग्नोस्टिक सेन्टर बिर्तामोडमा पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उपचारका लागि पूनः छोरा र बुहारीको साथमा ति वृद्ध महिला असार १८ गते काठ्माडौं गएको श्रीमानले जानकारी दिएका छन् ।

ति वृद्ध महिला बिरामी भएपछि उनिलाई भेट्न दमक, भद्रपुर र कोहबरा बाट आफन्तहरु भेट्न आएको खुलेको छ ।  संक्रमित वृद्ध महिला उपचारका लागि दमक पशुहाट दक्षिणमा घर भएका ४५ वर्षिय भतिजको घरमा १ रात त्यहाँ बसेको खुलेको छ ।

यस्तै, ति संक्रमित वृद्ध महिलामा कोरोना पोजेटिभ भेटिएपछि संक्रमण देखिएको क्षेत्र र बजार अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक काम र सेवा बाहेक आवतजावत गर्न साथै सवारी साधन, व्यापार व्यवसाय, बैंक तथा वित्तीय संस्था, सहकारीहरु पूर्णरुपमा बन्द गरिएको छ भने, संभावित जोखिमबाट बच्न उत्तरमा वडा नं. १ को चैतु चोक देखी दक्षिण्मा वडा नं. २ को कार्की चोक सम्म तथा पश्चिममा वडा नं. ३ को गेउरिया पुल देखी पूर्वमा वडा नं. २ र १ को डिठ्ठा चोक सम्मको क्षेत्र भित्र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन आग्रह गर्दै गौरादह नगरपालिका तथा इलाका प्रहरी कार्यालय गौरादहले सूचना जारी गरेको छ ।

कोरोना समूदायमा फैलन सक्ने आशंकामा उनिहरुको स्वाब संकलन गरिएको हो । आज पीसीआर परीक्षण गरिएका सबैजनाको रिपोर्ट नआइन्जेल सम्म होम क्वारेन्टाइनमा नै बस्न आग्रह गरिएको छ ।

गौरादहमा यसअघि जेठ १४ गते पहिलो पटक २ पुरुषमा, जेठ २३ गते थप अर्को एक पुरुषमा, जेठ २८ गते पहिलो पटक एक महिलामा र असार १७ गते ४ पुरुषमा र ३ महिलामा कोरोना संक्रमण देखिएको थियो । हिंजो एक वृद्ध महिलामा संक्रमण पुष्टी भएसँगै गौरादहमा कोरोना संक्रमितको संख्या ५ महिला र ७ पुरुष गरि १२ पुगेको छ । जसमा ३ पुरुष र १ महिला कोरोनालाई जितेर घर फर्किसकेका छन् भने, हाल ८ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया