Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २२ असार २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले नेपालभरका २५ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप १ सय ८० जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ६४ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ८ सय ११ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय २१ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट २ लाख ५५ हजार ७ सय २८ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ७ सय १०, प्रदेश २ मा ४ हजार १८४, बागमती प्रदेशमा ६ सय ३९, गण्डकी प्रदेशमा १ हजार १ सय ७५, प्रदेश ५ मा ३ हजार ९ सय ८४, कर्णाली प्रदेशमा १ हजार ५ सय ८१ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा २९ हजार २ सय १५ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ९ हजार १ सय १८ जना उपचाररत रहेका छन् ।

यस्तै, स्वास्थ तथा जनसंख्या मन्त्रालयले आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न अनुरोध गरेको छ । पछिल्लो एक हप्तामा दाङ र चितवनका दुई महिलाले आत्महत्या गर्दा फेसुबकमा लाइभ गरेका थिए ।
यस विषयमा ध्यानाकर्षण भएको बताउँदै यस्ता घटनाको भिडियोले आत्महत्यालाई अझ बढी प्रेरित गर्ने र बालबालिकाको दिमागमा नकरात्मक असर पर्ने हुनाले यस्ता भिडियोहरु सेयर नगर्ने र देखेपनि फेसबुकलाई तत्काल रिपोर्ट गर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आत्महत्याको सोच वा योजना गम्भीर भावनात्मक संकट हो जुन जोकोहीलाई पनि यस्तो सोच आउन सक्छ र परिवारको विश्वासिलो सदस्य र साथीभाइलाई आफ्नो कुरा भन्न अनुरोध गरे ।

यसैबीच, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाग्लुङ जिल्ला नेशीखोलाका गाउँपालिका-३ का २९ वर्षीय पुरुषको मृत्यु भएसँगै संक्रमितको संख्या ३५ पुगेको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
मन्त्रालयका अनुसार उनी ढोरपाटन गाउँपालिकाको क्वारेन्टाइमा रहेका थिए । उनको मृत्यु असार २१ गते भएको हो । उनी भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका थिए ।

तपाईको प्रतिक्रिया