Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

शान्ति सुब्बा
गौरादह, २२ असार २०७७ । झापाको गौरादहमा समुदायमा कोरोना फैलने त्रास बढेको छ । गौरादह १ नवदुर्गा पेट्रोल पम्प नजिक घर भएकी ६७ वर्षिय एक वृद्ध महिलामा काठ्माडौंको पाटन हस्पिटलमा आज पीसीआर परीक्षण पोजेटिभ आएसँगै समुदायमा कोरोना फैलने डर बढेको हो ।

घाँटीको समस्याले असार ११ गते सुरुमा बिर्तामोडको बी एण्ड सी हस्पिटलमा गएको र त्यहाँबाट पूनः बिर्तामोडकै निलकण्ठ डाइग्नोस्टिक सेन्टर बिर्तामोडमा पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उपचारका लागि पूनः छोरा र बुहारीको साथमा ति वृद्ध महिला काठ्माडौं गएकी थिइन् । उपचारको लागि जाँदा ति महिलाको पाटन हस्पिटलमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको थियो । ति वृद्ध महिला बिरामी भएपछि उनिलाई भेट्न दमक र भद्रपुर बाट आफन्तहरु भेट्न आएको खुलेको छ ।

ति वृद्ध महिलामा संक्रमण पुष्टी भएपछि हाल गौरादह-१ को नवदुर्गा पेट्रोल पम्प छेउको एरियामा आवत जावतलाई रोक लगाइएको गौरादहका नगर प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए ।

समुदायमा कोरोना फैलने सक्ने आशंकाले गौरादह को चैतुचोक देखि दक्षिणमा कार्की चोक, पश्चिममा गौरीया खोलादेखी पूर्वमा गोल्छा चोक सम्मलाई तत्कालका लागि आवत जावतमा निषेध गरिएको छ । भोली गौरादह-१ नवदुर्गा पेट्रोल पम्प छेउ का स्थानियबासी, संक्रमित महिला का परीवार, आफन्त हरुको पीसीआर परीक्षण गरिने गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

यस्तै भोलीबाट गौरादह बजारका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण पसलहरु बन्द गरिने जनाइएको छ । महिलाको सम्पर्कमा आउनेहरुको कन्टयाक्ट ट्रेसिङको कार्यहरु भइरहेको श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया