Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024
काठमाडौं, ४ भदौ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकारको नाममा आदेश गरेको छ । वीरेन्द्र विश्वकर्माले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सोमबार सुनुवाई गर्दै प्रकाण्डलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको हो ।
सोमबार भएको पहिलो सुनुवाईमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रकाण्डलाई कुनै कानुनी कार्वाही गरिएको भए त्यसको सक्कल फाइल्सहित अदालतमा उपस्थित गराउन सरकारको नाममा आदेश दिएको हो ।
केही दिनअघि चन्दा असुलीको आरोपमा पक्राउ परेका प्रकाण्डलाई शुक्रबार सर्वोच्चले थुनमुक्त गर्ने आदेश दिएको थियो । सो आदेशलगत्तै रिहा भएका उनलाई प्रहरीले अदालत परिसरबाटै तत्काल पक्राउ गरेको थियो ।
शुक्रबार सर्वोच्च अदालतका न्यायधीशद्वय चोलेन्द्र शम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई प्रहरीले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहा गर्न आदेश दिएको थियो । प्रकाण्डमाथि चन्दा असुली र एनसेल टावरमाथि आगजनी गरेको आरोप लागेको छ ।
तपाईको प्रतिक्रिया