Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २१ असार २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २५ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप २ सय ९३ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ३२ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५ सय ४७ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय १० जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट २ लाख ५१ हजार ७ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ६ सय ९४, प्रदेश २ मा ४ हजार १६०, बागमती प्रदेशमा ५ सय ६३, गण्डकी प्रदेशमा १ हजार १ सय ४२, प्रदेश ५ मा ३ हजार ९ सय ६८, कर्णाली प्रदेशमा १ हजार ५ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा ३१ हजार ५ सय ७३ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ९ हजार २ सय ३ जना उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया