Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झापा, २१ असार २०७७ । झापामा आज थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा दमक नगरपालिका वडा नं ७ र ४ का एक जना महिला र अर्को एकजना पुरुष रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । उनीहरुको कोशी प्रादेशिक अस्पताल विराटनगरमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

दमक वडा नं. ७ की ४६ वर्षीय संक्रमित महिला कुवेत बाट र वडा नं. ४ का ३४ वर्षीय पुरुष बहराइनबाट आएर स्थानिय क्वारेन्टाइनमा बसेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चम्लागाईले जानकारी दिए ।

आज संक्रमित थपिए सँगै दमकमा कोरोना संक्रमितको संख्या ८ पुगेको छ । यसअघि, झापाको भद्रपुरमा संक्रमितको संख्या ६, मेचीनगर ४१, बिर्तामोड ३, कनकाई ११, अर्जुनधारा १३, गौरादह नगरपालिकामा ११, शिवसताक्षी ३, बुद्धशान्ति १६, हल्दिवारी ११, कचनकवल १३३, कमल १, गौरीगञ्ज १८, बाह्रदशी ८ र झापामा २ जना पुगेको छ ।

योसँगै झापामा कोरोना संक्रमितको कुल संख्या २ सय ८५ पुगेको छ भने, कुल संक्रमित मध्ये १ सय ९५ जना निको भएर घर फर्कीएका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा संक्रमितको संख्या ६ सय ९४ पुगेको छ भने ४ सय ६९ जना उपचार पछि डिस्चार्ज भइसकेका छन् ।

तपाईको प्रतिक्रिया