Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, २० असार २०७७ । झापामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमित सबै पुरुष रहेका छन् । कचनकवलका गाँउपालिकाका चार जना र कन्काई नगरपालिकाका एक जना रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिए।

संक्रमण पुष्टि भएका ब्यक्तिहरु साउदी, कुवेत, दुवई र भारतबाट आएका व्यक्तिहरु रहेको र उनिहरु स्थानिय क्वारेन्टाइनमा बस्दै आएको फोकल पर्सन चौंलागाईले जानकारी दिए ।

झापाको भद्रपुरमा संक्रमितको संख्या ६, मेचीनगर ४१, बिर्तामोड ३, कनकाई ११, अर्जुनधारा १३, दमक ६, गौरादह ११, शिवसताक्षी ३, बुद्धशान्ति १६, हल्दिवारी ११, कचनकवल १३३, कमल १, गौरीगञ्ज १८, बाह्रदशी ८ र झापामा २ जना पुगेको छ । योसँगै झापामा कोरोना संक्रमित हुनेको संख्या २ सय ८३ पुगेको छ ।

झापामा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १९५ पुगेको छ ।

तपाईको प्रतिक्रिया