Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १९ असार २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ७ सय ४० जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८ सय २३ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार १ सय ४३ रहेको छ । गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ४ सय ८३ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट २ लाख ४२ हजार २ सय ४७ जनाको नमुना परीक्षण गरिएको छ ।

अहिले देशका विभिन्न अस्पतालमा ९ हजार ८४ जना उपचाररत रहेका छन् । हाल सम्म क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ जना व्यक्तिहरु रहेका छन् ।
यस्तै,सरकारले कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाएको छ ।

अब क्याक्सर र डाइबिटिजका विरामी, इमर्जेन्सी र आईसीयूमा भर्ना भएका बिरामी र पकेट एरियामा बस्नेहरुको परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्यकर्मीहरुको पनि परीक्षण हुने उनले बताए ।

यसैबीच, कोरोना भाइरस संक्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुष रहेका छन् ।
मृतकमा उच्च रक्तचाप र पार्किसनको समस्या रहेको थियो । उनको एक निजी अस्पतालमा आइसीयुमा उपचाररत रहँदा असार १७ गते राति मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसरी हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

तपाईको प्रतिक्रिया