Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का
गौरादह, १८ असार २०७७ । गौरादह नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुलाई घर आँगनमै पुगेर अध्यापन गराइएका छन्। कोरोना भाइरस संक्रमणका कारण विद्यार्थीहरु विद्यालयमा आउने वातावरण नभएपछि विद्यार्थीहरुले घरैमा बसेर शिक्षा लिने अवसर पाएका हुन्।

कोरोना भाइरस संक्रमणका कारण नेपाल सरकारबाट लकडाउन गरि घरमा बस्न निर्देशन दिएपछि विद्यार्थीहरु विद्यालयमा आई शिक्षा लिनबाट बन्चित भएका थिए। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत बैकल्पिक शिक्षा प्रणालीबाट विद्यालयका शिक्षकहरुले गाउ-गाउँमा पुगेर शिक्षण सिकाई कार्यमा सहजिकरण गरिरहेका छन्।

शिक्षा ऐन २०२८ को दफा १९ क बमोजिम नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण निर्देशिका २०७७ जारी गरेपछि सोही निर्देशन अनुसार विद्यार्थीहरुलाई सामाजिक दुरी कायम गरि शिक्षकहरुले विद्यार्थीहरुलाई पायक पर्ने स्थानमा केन्द्र बनाई घुम्ती शिक्षा सेवा दिइरहेका छन। कोरोना भाइरस संक्रमणको बिपद र महामारी बिस्वभर फैलिरहदा नियमित पठनपाठन गर्न समस्यामा परेका बिद्यार्थीहरुलाई रेडियो, एफ एम रेडियो,टेलिभिजन र अनलाइन मार्फत बैकल्पिक शिक्षा प्रणाली अन्तर्गत पठनपाठन भई रहदा शिक्षकहरु गाउँमा केन्द बनाई शिक्षण सिकाई कार्य गर्दा विद्यार्थीहरुलाई सहज भएको छ।

कोरोना भाइरसका कारण विद्यालयहरु बन्द रहदा बैकल्पिक शिक्षा प्रणालीबाट गाउँमा गएर शिक्षण सिकाई कार्य गर्दा बिद्यार्थीहरुलाई सिकाई कार्यमा सहज हुनुका साथै द्यर्थीहरुमा पढ्ने बानिको बिकाश भईरहने गौरादह नगर शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मी बताउँछन्। गौरादह नगरपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयहरुमा बैकल्पिक शिक्षा प्रणाली अनुसार गाउँ घरमै घुम्ती शिक्षा संचालन भईरहेको शिक्षा शाखा प्रमुख रेग्मीले जानकारी गराए।बिद्यार्थीहरुले शैक्षिक सत्र सुरुहुन साथ पाठ्यपुस्तक पाएका र बिद्यालयमा पठनपाठन हुन नसकेपछि शिक्षकहरु गाउँमा गएर पठनपाठन गराउदा बिद्यार्थीहरुको सिकाई कार्यमा सहज भएको गौरादह नगरपालिका वडा नं -८ का अभिभावक प्रदेशी माझी बातउछन। गौरादह नगरपालिका वडा नं -८ मा रहेको अरुणोदय प्रा.बि ले आफ्नो सेवा क्षेत्र भित्र ४ वटा केन्द्र बनाई घुम्ती शिक्षा सेवा दिइरहेका छन।

बैकल्पिक प्रणालीबाट बिद्यार्थीको सिकाई सहजिकरण निर्देशिका २०७७ जारी भएपछि अरुणोदय प्रा.बि.का शिक्षकहरुले गाउँको जुरोपानी चौक, भट्टा चौक,दामावारी चौक र जोरपोल चौकमा केन्द्र बनाई बिद्यार्थीहरुलाई मास्क बितरण गरि सेनेटाइजर लगाई सामाजिक दुरि कायम गरि पठनपाठन गरिरहेका छन।गाउँमा गई पठनपाठन गराउन केही झन्झटिलो भएपनि एउटा गाउँका मात्र बिद्यार्थीहरु अध्यान गर्ने भएकाले शिक्षण कार्य प्रभावकारी भएको अरुणोदय प्रा. बि. कि शिक्षक पबित्रा बस्नेत बताउछिन।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया