Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

शान्ति सुब्बा
गौरादह, १७ असार २०७७ । झापाको गौरादहमा एकै परिवारका ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । ४ वर्षीय बालक सहित थप ७ जनामा बुधबार(आज) कोरोना संक्रमण पुष्टी भएको हो । गौरादह नगरपालिका-६ का एकै परिवारका ३२ वर्षीय पुरुष, २७ वर्षीय महिला, ९ वर्षीय बालिका र ४ वर्षीय एक बालक रहेका छन् । उनिहरुको आमा, बुवा छोरा र छोरीको सम्बन्ध रहेको जनाइएको छ ।

यस्तै, आजै संक्रमण पुष्टी भएकोमा वडा नं. १ कि ३३ वर्षीय एक महिला, वडा नं. ७ का ४७ वर्षीय एक पुरुष र गौरादह-८ का ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले जानकारी दिए ।

गौरादह नगरपालिका-७ ग्वालडुब्बाको जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइन, गौरादह-१ कृषि क्याम्पसमा रहेको क्वारेन्टाइन र गौरादह-८ प्रगति मा.वि मा रहेको क्वारेन्टाइनमा बस्दै आएका ५६ जनाको गत असार १४ गते नाक र घाँटीको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो । जसमा बुधबार(आज) गौरादह नगरपालिका-७ ग्वालडुब्बाको जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका ६ जनामा र प्रगति मा.वि को क्वारेन्टाइनमा बसेका १ जना गरि ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने, ४९ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख भट्टराईले बताए ।

संत्रमित व्यक्तिहरु भारत, कुवेत र ओमनबाट आएका हुन् । उनिहरुलाई गौरादह नगरपालिकाले समुदायको सम्पर्कमा नआउने गरि सुरक्षितका साथ दमक तारावारी चेक पोईन्ट, काँकडभिटा नाका तथा फतेहपुर गौरीगंज नाका बाट उद्दार गरेर नगरपालिकाको क्वारेन्टाइनमा ल्याएर राखेको जनाएको छ ।

संक्रमितहरुलाई आज नै वि.पि स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पताल धरान र पूर्वाञ्चल विश्व विद्यालय गोठगाउँ कोभिड अस्पताल रेफर गरिसकेको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।

गौरादहमा यसअघि जेठ १४ गते पहिलो पटक २ पुरुषमा, जेठ २३ गते थप एक पुरुषमा र जेठ २८ गते पहिलो पटक एक महिलामा कोरोना संक्रमण देखिएको थियो । यो सँगै गौरादहमा ७ पुरुष र ४ महिला गरि ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ३ पुरुष र १ महिला कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया