Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झापा, १६ असार २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । जसमा ११ हजार ९ सय ७ पुरुष र १ हजार ६ सय ५७ महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ३ सय १६ जनामा संक्रमण पुष्टि भएको बताए । जसमा २ सय ४५ पुरुष र ७१ महिला रहेका छन् ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ६० रहेको छ । जसमा ५१ पुरुष र ९ महिला रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ९४ रहेको छ । जसमा २ हजार ९ सय १७ पुरुष र २ सय ७७ महिला रहेका छन् ।
गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय ११ नमुना परीक्षण गरिएको छ भने, हालसम्म पीसीआर परीक्षण विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको नमुना परीक्षण गरिएको छ ।

अहिले देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना उपचाररत रहेका छन् । हाल सम्म क्वारेन्टाइनमा ५३ हजार ७०जना व्यक्तिहरु रहेका छन् ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९नै रहकोे छ ।

तपाईको प्रतिक्रिया