Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

अनलाइनविचार संवाददाता

गौरादह, १६ असार २०७७ । गौरादह जेसीजले आयोजना गरेको अनलाईन नगर स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा प्रगति मा.वि का छात्र पल्लवराज गौतम प्रथम भएका छन् । प्रथम भएसँगै उनले गौरादह युथ आइकन २०२० को अवार्ड पाउने गौरादह जेसीज वर्ष २०२० का अध्यक्ष तारा कुमार श्रेष्ठले बताएका छन् ।

यस्तै, गौरादह-१ जनता मा.वि कि छात्रा कृशला तिमल्सिना दोस्रो स्थान ल्याउन सफल भएकी छन् भने, विद्योदय मा.वि गौरादह कि छात्रा अर्चना घिमिरे तेस्रो स्थान ल्याउन सफल भएकी छन् । कोरोना भाइरसको महामारी फैलिएको बेला यस जोखिम परिस्थितिमा विद्यार्थी भाइबहिनिहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गौरादह जेसीजले अनलाईन नगर स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा आयोजना गरेको हो ।

यस्तै, लकडाउनको समयमा घरमा खालि बसिरहेका विद्यार्थी भाइबहिनिहरुको हौसला बढाउन र उनिहरुको बौद्धिक क्षमतामा वृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले पनि गौरादह जेसीजले अनलाइन वक्तृत्वकलाको आयोजना गरिएको गौरादह जेसीज वर्ष २०२० का अध्यक्ष तारा कुमार श्रेष्ठले बताएका छन् । गौरादह नगर जेसिजको आयोजनामा सुरु भएको प्रतियोगितामा गौरादह नगरपालिका भित्रका २८ वटा सामुदायिक तथा निजि विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

अनलाइन भिडियो मार्फत पहिलो चरणमा २८ जना सहभागि विद्यार्थीबाट उत्कृष्ट १० छनौट गरिएको थियो । यस्तै, अनलाइन भिडियो मार्फत नै दोस्रो चरणमा उत्कृष्ट १० बाट उत्कष्ट ३ मा ४ जना विद्यार्थीले बराबर नतिजा निकालेर छनौट भएका थिए । अस्वथ्यताका कारण माउण्ट एभरेष्ट मा.वि का छात्र प्रसन्न कार्कीले भने, सहभागिता जनाउन नपाएको श्रेष्ठले जानकारी दिए ।

३ जना प्रतिस्पर्धीहरुलाई ‘सुन्दर शान्त र समृद्ध नेपाल निर्माणमा युवाको भुमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएकोमा सामाजीक सञ्जालबाट १० अंक र विद्यार्थीले दिएको प्रस्तुतिलाई आधार मानेर प्रथम दोस्रो र तेस्रो छनौट गरिएको जनाएको छ । नतिजा आज बिहान प्रकाशन गरिएको थियो । प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिने जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
दोस्रो कृशला तिमल्सिना
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
तेस्रो अर्चना घिमिरे
तपाईको प्रतिक्रिया