Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १६ असार २०७७ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भुवन केसीबीच आरोप प्रत्यारोप चुलिएको छ । यसले नेपाली सिने क्षेत्र तताएको छ ।

साम्राज्ञीले भुवनलाई यौन दुर्व्यवहारको आरोप समेत लगाएकी छन् । उनले पोष्ट गरेको भिडियोमा भुवनमाथि गम्भीर आरोप लगाएको देखिन्छ ।

केसीले आफूलाई पटक पटक गलत नियतले छोएको बताउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी हुन । सम्बोधनमा आफूलाई छोरी भनेपनि भुवनले पटक पटक यौन दुर्व्यवहार गरेको साम्राज्ञीको आरोप छ ।

शुक्रवार साम्राज्ञीले इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा पाँच वर्षको अवधिमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताएकी थिइन । सोही सिलसिलामा भुवनमाथि आरोप लगाएकी हुन ।

फिल्म ‘ड्रिम्स’ को छायाकंनका बेला आफूले भोगेका नराम्रा अनुभवहरु साटेकी छन् । भुवनले भने सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेरै साम्राज्ञीलाई जवाफ फर्काएका छन् ।

भुवनले फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ।’

भुवनले उक्त आरोपहरु निराधार रहेको बताउँदै आएका छन् । चर्चा कमाउन साम्राज्ञीले यस्तो आरोप लगाएको बताउँदै उनले आफ्नो परिवार भनेकै चलचित्र उद्योग भएकाले सबैलाई समान ब्यवहार गरेको बताएका छन् ।

भुवनले नै आफ्नो डेब्यू निर्देशित फिल्म ‘ड्रिम्स’ बाट साम्राज्ञीलाई अभिनेत्रीको रुपमा भित्राएका थिए । डेब्यू फिल्म नै सफल हुँदा साम्राज्ञीले आफूलाई स्टार अभिनेत्रीको रुपमा उभ्याएकी थिइन् । उक्त फिल्ममा भुवनकै छोरा अनमोल केसी नायकको भूमिकामा थिए ।

केही समय अघि साम्राज्ञी र अनमोलबीच प्रेम सम्बन्ध रहेको पनि चर्चामा आएको थियो । तर अहिले भने उनीहरुबीच सम्बन्ध टुटीसकेको बताइन्छ ।

साम्राज्ञीले ड्रिमको सुटिङदेखि नै आफूमाथि भुवनको गलत दुष्टिकोण राख्दै आएको जनाएकी छन् । जापानमा भएको एक अवार्डमा समेत भुवनले आफूलाई दुर्व्यवहार गरेको साम्राज्ञीले खुलाएकी छन् ।

साम्राज्ञीले भनेकि छन्–’सुटिङ सेटमा खाना र पानी माग्दा कति निर्मातारनिर्देशकहरु आक्रमण शैलीमा आउँथे । उनीहरुको व्यवहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ । किनकि, मलाई कामसँग प्रेम छ । कामको सम्मान गर्नुपर्छ भन्ने बुझेको छु ।’

फिल्म क्षेत्रमा प्रवेश गर्ने नव नायिका यस्ता दुर्व्यवहारबाट गुज्रिनुपर्ने वास्तविकता साम्रज्ञीले उदाङ्गो पारेको भन्दै सामाजिक संजालमा बहस चलिरहेको छ ।

तपाईको प्रतिक्रिया