Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १५ असार २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमा ११ हजार ६ सय ६२ पुरुष र १ हजार ५ सय ८६ महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको बताए । जसमा ३ सय ६४ पुरुष र १ सय १२ महिला रहेका छन् ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय २१ रहेको छ । जसमा १ सय ८ पुरुष र १३ महिला रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ३४ रहेको छ । जसमा २ हजार ८ सय ६६ पुरुष र २ सय ६६ महिला रहेका छन् ।

गत २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७ सय ९१ र आरडीटी विधिबाट १ हजार ८ सय २२ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट २ लाख २३ हजार ६ सय ३० जनाको नमुना परीक्षण गरिएको छ भने, आरडीटी विधिबाट २ लाख ९८ हजार ५ सय ८८ जनाको नमुना परीक्षण भएको छ ।
अहिले देशका विभिन्न अस्पतालमा १० हजार ८५ जना उपचाररत रहेका छन् । हाल सम्म क्वारेन्टाइनमा ५७ हजार ३ सय ६८ जना व्यक्तिहरु रहेका छन् ।
कोरोना भाइरस संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो ।

मन्त्रालयले आज आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले रौतहटका ३० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी दिए । ती संक्रमितको ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा शनिबार साँझ निधन भएको हो । उनमा फोक्सोको समस्या थियो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

तपाईको प्रतिक्रिया